फागुन २३,हेटौंडा । मकवानपुरको भिमफेदी गाँउपालिका–४ स्थित गोल्फिङटारमा सुख्खा पहिरो खसेको छ। बुधबार बिहान ९बजे खसेको सुख्खा पहिरोका कारण उक्त सडकमा डाईभर्सन रुटको प्रयोग भएको छ।
अहिले सडकमा खसेको पहिरो हटाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक डिएसपी लक्ष्मी भण्डारीले बताए।



