फागुन २९, हेटौंडा ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ स्थित मनकामना मन्दिर जाने बाटोमा एउटा मोटरसाइकल दूर्घटनामा परेको छ। सोमबार राती सवा ९ बजे तिर बा ०३-००५ प ४०५२ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ६० मिटर तल खोल्सामा खसी दूर्घटनाग्रस्त भएको वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ।
मोटरसाइकल निकाल्न नसक्ने अवस्थामा घटनस्थलमै रहेको छ।मोटरसाइकलमा सवार व्यक्तिहरु भने घटनास्थल र अस्पतालमा कतै फेला नपरेकोले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।



