फागुन २९, हेटौंडा ।दोलखाको भिमेश्वर नगरपालिका–७ स्थित भुलभुलेमा कङ्काल अवस्थामा रहेको एउटा शव फेला परेको छ। गैरे गाउँ भन्ने ठाउँबाट ८ किलोमीटर उत्तर–पश्चिम चरनबति सामुदायिक वनको खोल्सामा उक्त शव फेला परेको हो।
नाम,थर वतन र लिंगसमेत नखुलेको अन्दाजी १३÷१४ वर्ष जस्तो देखिने शव खोल्सामा घोप्टो अवस्थामा रहेको वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ।
स्थानीयले शवको बारेमा जानकारी दिएपछी दोलखा प्रहरी सोमबार राती घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठको मुचुल्का टोली मंगलबार बिहान घटनास्थल तर्फ गएको छ।घटना सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको वागमती प्रदेश प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय