फागुन ३०,हेटौंडा ।रामेछापमा एक युवकको भिरबाट लडेर ज्यान गएको छ।जिल्लाको शैलुङ्ग गाउँपालिका–७ लखनपुरका २२ वर्षीय विशाल घतानीको शैलुङ्ग–४स्थित छिरिङ भिरबाट लडेर ज्यान गएको हो।
विशाल मंगलबार दर्गा स्थित मामाको घर आई आफ्नो घर फर्कने क्रममा अपरान्ह ४ बजे भिरबाट लडेका थिए।
भिरबाट करीब शय मिटर तल खसेका विशाल चौरिखोलाको बगरमा मृतअवस्थामा फेला परेका वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली राती ९ः५५ बजे पुगी घटनास्थल सुरक्षीत राखिएको थियो। मुचुल्का तथा अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय टोकरपुरका प्रहरी निरीक्षकको टोलि बुधबार बिहान साँढे ११ बजे घटनास्थल तर्फ गएको वागमती प्रदेश प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय