चैत्र ५,हेटौंडा। सिन्धुपाल्चोक बाह्रबिसेका एक बृद्द आईतबार नदीमा हामफाली बेपत्ता भएका छन्।बाह्रबिसे नगरपालिका–८ पसलडाँडाका ७० बर्षिय बृद्द सानुकान्छा तामाङ भोटेकोसी नदिमा हामफाली बेपत्ता भएका हुन्।
वागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार तामाङ आफ्नै गोठदेखी ३ किलोमिटर उत्तरतर्फ लांसाबगर खेतको डिलबाट हामफालेको स्थानिय रामबहादुर साल्मिले देखेर प्रहरीलाई खबर गरेका थिए।
तामाङ हामफालेको खबर फैलिएपछी आफन्त र स्थानियले खोजतलास गर्दा तामाङले लगाएका कपडा ,चप्पल र लौरो समेत नदी किनारामा फेला परेपनि तामाङ भने फेला पर्न सकेनन्।
तामाङको हाल खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय