चैत्र ५,हेटौंडा ।सिन्धुलीमा रुखको हाँगाले लागी ३२ वर्षिय लोकनारायण श्रेष्ठको ज्यान गएको छ।
जिल्लाको कमलामाई नगरपालिका–५ सिलामे बस्ने श्रेष्ठको रुख काट्नेक्रममा रुखको हाँगा उछिट्टिएर टाउकोमा लागी घटनास्थलमै ज्यान गएको वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ।
कमलामाई–१ तीनतले पाखास्थित घागरठाकुर सामुदायिक वनको ठेक्का लागेको चिलाउनेको रुख काट्नेक्रममा उक्त घट्ना घटेको प्रहरीले जनाएको छ।



