चैत्र ५,हेटौंडा ।मकवानपुरको भिमफेदी गाउँपालिका–१खोप्लाङमा ट्रिपर दूर्घटना भएको छ। दूर्घटनामा ट्रिपरका चालक हेटौंडा–१५ भोर्लेका ४३ वर्षिय बीरबहादुर वाईबाको ट्रिपरले च्यापिएको अवस्थामा उद्दार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयको कमाण्डमा ट्राफिक सहितको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकको टोली उद्धार कार्यमा खटिएका छन्।
आईतवार बिहान १० बजे भैँसे–हेटौडा सडक खण्डमा रिद्धि सिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुङगा खानीबाट ढुङगा लिई फ्याक्ट्री तर्फ आउदै गरेको ना ८ ख ८९१० नं. ट्रिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय