चैत्र ५,हेटौंडा । मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एउटा शव फेला परेको छ। सोमबार मनहरी गाउँपालिका-९ रजैया स्थित चौध माईल कालिका सामुदायिक वनमा नामथर,वतन नखुलेको अन्दाजी ४० वर्षको जस्तो देखिने पुरुष घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
घटनास्थलको मुचुल्का सम्पन्न गरि शव पोष्टमार्टमका लागी हेटौडा अस्पतालमा राखिएको छ।
घटना सम्बन्धमा अनुसन्धान जारि रहेको प्रवक्ता भण्डारीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय