चैत्र ७,हेटौंडा । मकवानपुरको हेटौंडा–४स्थित भुटनदेवी माविको(प्राविधिक शिक्षालय) व्यवस्थापन समितीको अध्यक्षमा नवीन सिग्देल चुनिएका छन्।गत पुस २९ गते बिद्यालयको ५७ औँ अभिभावक भेलाबाट सर्वसम्मत चुनिएका सिग्देलले मंगलबार दुई महिना पछि विद्यालयमा आयोजित एक कार्यक्रमका बिच पदस्थापन गरेका छन्।उनि वडा नम्बर ४ का वडाध्यक्ष समेत हुन्।
पदस्थापन कार्यक्रममा बोल्दै नवगठित समितिका अध्यक्ष सिग्देलले आफ्नो नेतृत्वमा भुटनदेवी विद्यालय नगरकै उत्कृष्ट विद्यालय बन्ने ठोकुवा गरे। ‘वडा नम्बर ४ हेटौंडाकै उत्कृष्ट शैक्षिक हब मानिने क्षेत्र हो,अब मेरो नेतृत्वले सर्वोत्कृष्ट बनाउँछ।’ उनले भने।
अध्ययन,अध्यापन गुणस्तरीय हुन व्यवस्थापन पनि गुणस्तरीय हुनुपर्ने भन्दै उनले आफ्नो नेतृत्वमा व्यवस्थापकीय क्षमता देखाउने प्रतिबद्धता व्यक्त गरे।
उनले समितिको पहिलो बैठकमा विद्यालयका पूर्व प्रधानाध्यापक स्व.डेन्टिजंग शाहको स्मृतिमा १० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने निर्णय गरिने बताए। अक्षय कोषको रकम बिस्तारै बढाउँदै लगिने पनि उनले बताए।
कोषको रकम जेहेन्दार तथा गरिब विद्यार्थीको शिक्षामा लगाईने उनको प्रतिबद्धता छ।

समितीका सदस्यहरुमा नारायणप्रसाद तिमल्सिना,कृष्ण कंडेल,महिला सदस्यहरुमा गोमा सुनार र जुना श्रेष्ठ चयन भएका छन्।त्यस्तै सदस्यमा पुरुषतर्फ राजेन्द्र वास्ताकोटी र महिलातर्फ राधिका चौलागाईं मनोनित भएका छन्।
२०१६ सालमा स्थापना भएको भुटनदेवी मावी स्रोत साधनले सम्पन्न मानिने विद्यालय हो। विद्यालयमा हाल २३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय