चैत्र ७,हेटौंडा । टिसिएन रोडमा सञ्चालित जे एण्ड बि कफि लाउञ्जले हेटौंडामा व्यवसायीक रुपमा जापनीज फुड `सुशी´ बनाउने ट्रेनिङ सेन्टर संचालनमा ल्याएको छ। लाउञ्जले हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड स्थित भुटनदेवी माविको ३ नम्बर गेट अगाडि `जे एन्ड बि बारिष्टा एकेडेमी´ संचालनमा ल्याएको हो। सुशी अन्तरास्ट्रिय स्तरमा लोकप्रिय जापानीज परिकार हो।यो भेज,ननभेज विथ फ्रुट्स् फ्लेवरमा तयार पारिन्छ।सेन्टरको हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बुधबार उद्घाटन गरेकी छिन्। सेन्टरमा सुशिका अलावा कफी बनाउने बारिष्टा ट्रेनिङ पनि गराईने संचालक जगदिश बिडारीले जानकारी दिए।सेन्टरमा अन्तरास्ट्रिय स्तरका ट्रेनरहरुद्वारा स्तरीय ढंगबाट तालिम दिईने उनले बताए।सुशी र बारिष्टा बनाउन सिकेर विदेश जाँदा निकै राम्रो कमाई गर्न सकिने र कामविहिन भएर दुख नपाईने उनले बताए।
सुशी तालिम सिक्न चाहनेहरुले १ महिनामै आधारभूत सीप सिक्न सक्छन् भने कफी बारिष्टा भने ४५ दिनमा एडभान्स्ड लेभलको कोर्ष सिकाईने उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय