चैत्र ७,हेटौंडा । हेटौंडामा जापानी भाषा सिकाईने नयाँ ईन्स्टिच्युट खुलेको छ।हेटौंडा-४ स्थित हेटौंडा क्याम्पसको अघिल्तिर सिर्जना पथमा `नागोया स्टडि एकेडेमी´नामक नयाँ ईन्स्टिच्युट खुलेको हो।एकेडेमीको बुधबार बिधिवतरुपमा औपचारिक उद्घाटन गरिएको छ।भाषा कक्षाको प्रत्येक जेएल कोर्समा पहिला भर्ना हुने २० जना विद्यार्थीलाई ५० प्रतिशत छुटमा भाषा कक्षा सिकाईने सञ्चालक गोपाल थापाले जानकारी दिएका छन्। उक्त ईन्स्टिच्युटबाट डकुमेन्टेशन गर्नेहरुले शतप्रतिशत सिओई प्राप्त गर्ने पनि ग्यारेन्टी गरिएको छ।अनुभवी प्रशिक्षकबाट सुविधाजनक कक्षाकोठा तथा शान्तिपूर्ण वातावरणमा कक्षा सञ्चालन गराईने सञ्चालक थापाले बताएका छन्।उनले आफ्नो ईन्स्टिच्युटमा एन फाईभ र एन फोर लेभलको भाषा कक्षा संचालन गरिने बताए।मकवानपुरमा विद्यार्थी भिषामा जापान जानेहरुको संख्या अधिक रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय