चैत्र ८,हेटौँडा।हेटौँडालाई काठमाडौँसँग जोड्ने ४ ओटा सडकमार्ग मध्ये २ ओटा मार्ग बन्द भएका छन्। त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–चखेल–मातातीर्थ र कान्तिराजपथ अन्तर्गत हेटौँडा–वागमती–चापागाउँ सडकमार्गमा मर्मत संभारकार्य भैरहेकाले तत्काललाई बन्द गरीएको हो।
हेटौँडा–काठमाडौँ रुटको सबैभन्दा छोटो दुरीको चखेल–मातातीर्थ सडक आज बिहीबारदेखि १६ दिनका लागि बन्द भएको छ।
महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्ने लगायतका सडक मर्मत संभार कार्य भइरहेकाले आगामी चैत २३ गतेसम्मका लागि सडक बन्द गरिएको हो।
उक्त सडकमा आवतजावत गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा बन्द गरिएकोले सो अवधिभर वैकल्पिक सडक प्रयोग गर्नुपर्ने भएको छ। त्यस्तै
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीको अर्को मार्ग कान्तिराजपथ पनि गत १ गते देखीे ४५ दिनसम्मका लागी बन्द भैसकेको छ । उक्त सडकखण्ड अन्तर्गत ललितपुरको काल्चे खण्डमा सडक चौडा गर्नुपर्ने भएकोले आगामी बैशाख १५ सम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाईएको हो। यि दुई मार्गहरु केही समयका लागी बन्द भएपछि हेटौँडा हुँदै काठमाडौँ जाने यात्रुले कुलेखानी,सिस्नेरी बल्खु अथवा पृथ्विराजमार्गको नारायणगढ,मुग्लीन हुँदै काठमाडौँ पुगिने सडकमार्ग प्रयोग गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय