चैत्र १०,हेटौंडा ।काभ्रेको धुलिखेलस्थित एक होटलमा कौडा खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।उनिहरुलाई काभ्रे प्रहरीले धुलिखेल नगरपालिका-९ ढुंगाखानीस्थित स्थानीय सुशील रानाभाटले संचालन गरेको शुभान होटलबाट गएराती साँढे ११ बजे कौडा र केही नगदसहित नियन्त्रणमा लिएको वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ। होटलको १०२ नम्बर कोठामा कौडा खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। उनिहरुको साथबाट १५ ओटा कौडा र २० हजार छ सय असी नेपाली रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। उनिहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा राखी अनुसन्धान कार्य भैरहेको छ।



