चैत्र १०,हेटौंडा। हेटौंडा नगरस्तरिय नेपाली भाषाशिक्षक समिति गठन भएको छ। शनिबार हेटौंडामा सम्पन्न नेपाली भाषाशिक्षक समिति मकवानपुरको पाँचौ जिल्ला भेलाले पुरुषोत्तम आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो। आचार्य आधुनिक माविका नेपाली विषय शिक्षक हुन्।
समितिको सचिवमा सिएम रिमाल तथा कोषाध्यक्षमा गोमा देवकोटा चुनिएका छन्। त्यस्तै सदस्यहरुमा निश्चल श्रेष्ठ,नविना महत,दीपेश लामिछाने,विधान आचार्य,मनिता सिंह,अर्चना दाहाल,केशव न्यौपाने र सुन्दर लुँईटेल चयन भएका छन्।
जिल्ला समन्वय समिति मकवानपुरका संयोजक तिलक घलानको प्रमुख तथा शिक्षा विकास तथा समन्वय समिति मकवानपुरका प्रमुख दिनानाथ गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार रामचन्द्र आचार्य फुर्सती,निवर्तमान अध्यक्ष तथा प्रथम आजिवन सदस्य ध्रुवकुमार भुजेल,निवर्तमान सचिव माधवप्रसाद खतिवडा,निवर्तमान कोषाध्यक्ष सागरप्रसाद खतिवडा,सल्लाहकार विष्णुप्रसाद गौतम,संस्थापक सदस्य ह्यग्रीब आचार्य,सामाजिक विषय समितिका अध्यक्ष भोगेन्द्र प्रसाद लुईंटेल,बिज्ञान विषय समितिका अध्यक्ष खेमराज लामिछाने,अंग्रेजी विषय समिति नेल्टाका जिल्ला अध्यक्ष उत्तम अर्याल तथा गणित विषय शिक्षक समितिका अध्यक्ष धनिकलाल साहले नेपाली भाषा र चुनौतीका बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा संस्थापक सदस्यहरू रमेशमोहन अधिकरी, ह्यग्रीव आचार्य,विष्णु गौतम,ध्रुवकुमार भुजेल, पूर्व अध्यक्ष रामचन्द्र आचार्य फुर्सती सम्मानित भए।

कार्यक्रमको सहजीकरण भाषाशिक्षक समिति मकवानपुरका सचिव ज्योती न्यौपानेले गरेका थिए।
नेपाली भाषा सम्बन्धी आईपर्ने विविध कठिनाईको समाधान गर्न भन्दै २०५८ सालमा भाषा शिक्षक समिति गठन भएको सचीव न्यौपानेले बताए। समितिले नेपाली भाषाको श्रीवृद्धी र संरक्षणका लागी विविध सान्दर्भिक कार्यक्रमहरु आयोजना गर्ने कार्ययोजना रहेको न्यौपानेले बताए।










