चैत्र११,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका-११ स्थित बाघधारामा एउटा खाली बस दूर्घटनाग्रस्त भएको छ।
आईतवार राती साँढे ८ बजे हेटौंडाबाट काठमाडौ तर्फ जाँदै गरेको बा ३ ख ५६५७ नम्बरको बिना यात्रुको बस बागधारा स्थित कान्तिलोकपथ सडक खण्डको ओरालोमा आँफै अनियन्त्रित भई सडक बाट अन्दाजी  ३ सय मिटर  तल सिमात खोल्सामा खसी दुर्घटनाग्रस्त भएको हो।
दूर्घटनामा कुनै मानविय क्षती नभएपनि सवारी साधन पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनाग्रस्त बस हाल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।मादक पदार्थ सेवन गरि सवारी चलाउँदा दूर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।यसैबीच मकवानपुर प्रहरीले आईतबार  ट्राफिक नियम उल्लङ्घन गर्ने १७ वटा सवारी साधन होल्ड गरेको र एक आपसमा विवाद गर्ने १६ जनालाई नियन्त्रणमा लिईएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय