चैत्र १२, निजगढ। बाराको निजगढस्थित प्रभु महालक्ष्मी ईन्सुरेन्स कंपनिले अभिकर्ता उत्प्रेरणा तथा होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ। कंपनिले आईतवार निजगढस्थित होटल तारा ईनमा कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा कंपनिका प्रदेश प्रमुख सुदिष्ट गुप्ता, निजगढ नगरपालिकाकी कार्यपालिका सदस्यहरु मनमाया तामाङ,मिना चौरेल,पूर्व सदस्य जगतकुमारी अधिकारी तथा कंपनिका नयाँ पुराना गरि करीब ५७ जना अभिकर्ताहरुको उपस्थिति रहेको ईन्सुरेन्स कंपनि निजगढ शाखा प्रमुख अमृताकुमारी बस्नेतले जानकारी दिईन्।
कार्यक्रममा सौहार्द्पूर्ण ढंगले एकअर्कालाई रङ तथा अबिर दलि होलि मनाएका थिए।




