चैत्र १२,हेटौंडा। मकवानपुरको वागमती गाउँपालिका-७ मनसाही जरायोटारमा बाघले आक्रमण गरि ४ ओटा गाई मारेको छ। स्थानीय रुद्रबहादुर रानाको चरिचरनका लागि वनमा छाडेको ४ ओटा गाई बाघले मारेको हो। रानाले गत शुक्रवार वनमा छाडेका गाईहरु घर नफर्किएपछी खोजतलास गर्ने क्रममा सोमबार अपरान्ह मनकामना सामुदायिक वनभित्र बाघले मारेको अवस्थामा फेला परेको भनी स्थानियले प्रहरीलाई खबर गरेका थिए।
रानाको घरदेखी १ किलोमिटर दक्षिणतर्फ पर्ने मनकामना सामुदायिक वनमा गाईहरु बाघले मारेको जस्तो देखिएको प्रहरी चौकी झुरझुरेले बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
प्रहरीका अनुसार २ ओटा गाईको शरिरको पछाडी पट्टिको भाग खाईसकेको र २ ओटालाई भने चिथोरेर मारेको अवस्थामा भेटिएको हो।हेर्नुस तस्वीरमा।






