चैत्र १३,हेटौंडा।मकवानपुरको बकैयामा कारको ठक्करबाट साईकल यात्री एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा बकैया गाउँपालिका-४ गोठखोलाका ११ वर्षिय निशान बानियाँ छन्।सोमबार मध्याह्न१ बजे तिर गोठखोला स्थित धरान-चतरा सडक खण्डमा हात्तिसुँढेबाट गरगरे तर्फ आउदै गरेको प्रदेश ३-०१-०२४ च १७९६ नम्बरको कारले बिपरित दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा साईकलमा सवार निशान घाईते भएका थिए। ठक्करबाट निशानको खुट्टा भाँच्चिनुका साथै टाउकोमा चोट लागेको थियो। घाईते निशानलाई तत्कालै उपचारका लागी हेटौडा अस्पताल पठाईएकोमा उनको उपचारकै क्रममा २ बजेर ६ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
कार चालक चितवनको भरतपुर महानगरपालिका-१०का ३५ वर्षिय सारदा सुवेदी प्रहरी नियन्त्रणमा छन्।घटनासम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको डिएसपि भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय