चैत्र १५,हेटौंडा । कर्णाली नदीमा हामफालेर बेपत्ता भएका लोकेन्द्र शाही मृत फेला परेका छन्। होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीको पुलमाथि रमाइलो गर्दै पौडी खेल्न १७ जनाले हाम फालेका थिए। तीमध्येका कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने ३० वर्षीय शाही पुलमाथिबाट हाम फाल्नेबित्तिकै नदीमा डुबेर बेपत्ता भएका थिए।
उनको तीन दिनपछि बिहीबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो।
उनले पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका थिए।



