चैत्र १६,हेटौंडा।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिने बताएका छन्। हेटौंडामा जारी नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अब निर्माण व्यवसायीहरुको बक्यौता रहन नदिने बताएका हुन्।
अघिल्लो सरकार हुँदा प्रधानमन्त्री र अर्थमन्त्रीको तालमेल नहुँदा निर्माण व्यवसायीहरुको भुक्तानीका विषयमा सामञ्जस्यता नमिलेको उनले बताए।
‘अब अर्थमन्त्री नयाँ आईसकेका छन्,बक्यौता भुक्तानीका प्रक्रिया अगाडि बढिसकेको छ।’उनले भने। ‘तँपाईहरुलाई विस्वास दिलाउन चाहन्छु,अब निर्माण व्यवसायीहरुको बक्यौता रहन दिईने छैन,तँपाईहरुका निम्ति अनुकुल वातावरण बनाईनेछ।’
उनले सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन हुँदै आएपनी आवश्यकतालाई अझै सम्बोधन गर्न नसकेको भन्दै खरिद प्रक्रियाको ढाँचा सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय