चैत्र १८,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका -११का एक युवकको सवारी दूर्घाटनामा परि ज्यान गएको छ।मृत्युु हुनेमा शान्ति चोक बस्ने ३५ वर्षिय ज्ञाने सुनार छन्।सुनार शनिबार राती पौने ९ बजे तिर नवलपुरस्थित चन्द्र शुर्य पेट्रोल पम्प नजिक पुर्व पश्चिम सडक खण्डमा अज्ञात सवारी साधनको ठक्करबाट घाईते अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
टाउको लगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा भेटिएका सुनारलाई अस्थायी प्रहरी पोष्ट थानाभर्याङ बाट खटिगएको प्रहरी टोलीले उपचारका लागी हेटौडा अस्पताल पठाएको थियो।उनको उपचारकै क्रममा चिकित्सकले ९ बजेर २६ मिनेट जाँदा मृत घोषणा गरेको प्रवक्ता भण्डारीले बताए।

सिसिटिभी फुटेजबाट सवारी साधन पत्ता लाग्यो

सुनारलाई ठक्कर दिई भाग्ने टाटा सुमो रहेको पत्ता लागेको छ। राजमार्गमा जडान भएको सिसिटिभी क्यामेराको फुटेज हेर्दा उक्त दुर्घटनामा संलग्न प्रदेश १-०२-०१ ज ४३०० नम्बरको टाटा सुमो देखिएको प्रवक्ता भण्डारीले बताए।सवारीको पहिचान पछि ईलाका प्रहरी कार्यालय ईटहरी,सुनसरीसँग समन्वय गरि उक्त टाटासुमो र चालक जिल्ला मोरङ ग्रामथाङ नगरपालिका- ७का ३६ वर्षीय चेतनाथ सापकोटालाई आईतबार दिउँसो २ बजे नियन्त्रणमा लिईएको छ।
सापकोटालाई तत्काल ईप्रका ईटहरीमै राखी अनुसन्धान गरिरहेको प्रवक्ता भण्डारीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय