चैत्र २८, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-२ स्थित ठाडोखोलामा बिग्रीएर बसेको स्काभेटरमा आगलागी भएको छ। बिगत एक महिनादेखी बगरमा बिग्रीएर बसेको ना १ क ९८७२ नम्बरको स्काभेटरमा मंगलबार राती आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
आगलागीको खबर पाएपछी आज अपरान्ह ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलि घटनास्थलमा गई थप अनुसन्धान तथा बुझ्ने कार्य भईरहेको प्रवक्ता भण्डारीले बताए। स्काभेटरमा कसैले आगजनी गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।



