बैशाख २,हेटौंडा ।मकवानपुरको थाहानगरमा खोलामा जमेको पानीमा डुबेर एक बृद्वाको मृत्यु भएको छ।मृत्यु हुनेमा थाहा नगरपालिका-४ नारायणझ्याउ बस्ने ७२ वर्षिया लाक्पा शेर्पा छिन्। शेर्पा आईतवार बिहान साँढे १० बजे धारापानीस्थित खोल्सामा जम्मा भएको पानीमा डुबेर मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
प्रवक्ता भण्डारीका अनुसार मृतककी श्रीमान श्यामबहादुर थिङले दिउँसो साँढे २ बजे घटनास्थलमा पुगि शवको सनाखत गरेका थिए। मुचुल्का पश्चात शव पोष्ट्मार्टमका लागी हेटौंडा अस्पतालमा ल्याईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय