बैशाख २,हेटौंडा ।हेटौंडामा चट्याङ लागि एक महिला घाईते भएकी छिन्।हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी स्थित चक्रीय विकास टोल बस्ने वर्ष ६६ की ठुलिमाया वाईबा घाईते भएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
भण्डारीका अनुसार वाईबालाई आईतवार दिउँसो साँढे २ बजेको समयमा चट्याङ लागेको थियो।उनी घरमै बसिरहेको अवस्थामा अचानक चट्याङ लागेको हो।टाउकोमा चोट लागेकी वाईबाको हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रवक्ता भण्डारीले बताए।



