बैशाख ३,हेटौंडा। मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एकजना युवा घाईते भएका छन्।घाईते हुनेमा मनहरी गाउँपालिका-७का ३२ वर्षिय रमेश वोटे छन्। वोटेलाई सोमबार बिहान पौने ७ बजेको समयमा आफ्नै खेतमा पानी लगाउन जानेक्रममा गैँडाले आक्रमण गरेको थियो। आक्रमणबाट घाईते बनेका वोटेलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित सरकारी अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपि लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।उनको ढाड र अनुहारमा चोट लागेको छ।



