जेठ ४,निजगढ । निजगढ-काठमाडौ द्रुतमार्ग अन्तर्गत मकवानपुरमा अवस्थित लेनडाँडा सुरुङ छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ आउने १ हजार ४३० मिटर लामो सुरुङ शुक्रवार छिचोलिएको हो ।
त्यस्तै असारभित्र लेनडाँडा र धेद्रे सुरुङ छिचोल्ने तयारी रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए ।
उनका अनुसार धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ५०६ मिटर खनी सकिएको छ । अब १ सय २४ मिटर मात्र खन्न बाँकी छ ।
त्यस्तै महादेवटार सुरुङको ३ हजार ३५५ मिटर मध्ये २ हजार १५८ मिटर खनीसकिएको छ । सबैभन्दा लामो रहेको यो सुरुङ अब १ हजार १९७ मिटर मात्र खन्न बाँकी छ । २ हजार २५० मिटरको चन्द्राम भिर, १ हजार मिटरको देविचौर र ३ सय ९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा रहेको सैनिक प्रवक्ता केसीले बताए । यसको निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाख २१ मा सेनालाई दिएको हो । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३३.९९ प्रतिशत पूरा भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय