जेठ ५,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-१२ अन्तर्गत कान्तिलोकपथ सडक खण्डको चौतारा भन्ने स्थानमा एउटा कार भीरबाट खस्दा कारमा सवार ३ जना गम्भीर घाईते भएका छन्।
शनिबार बिहान साँढे ७ बजे ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार आँफै अनियन्त्रित भई करिब ५ सय मीटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ।
घटनास्थलमा नाम थर वतन नखुलेका ३ जना पुरुषको अचेत अवस्थामा उद्वार गरि अस्पतालतर्फ पठाउने पहल भईरहेको प्रहरीले जनाएको छ।
कार घटनास्थलमै रहेको छ।घटनास्थल ठिंगन ईलाका प्रहरी कार्यालयबाट २ किलोमिटर उत्तरतर्फ रहेको छ।घटनासम्बन्धी पूर्ण विवरण प्राप्त हुन सकेको छैन।



