जेठ ५,हेटौंडा ।कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ स्थित कालोपहिरो भन्ने स्थानमा मोटरसाइकल दूर्घटना हुँदा २ जना घाईते भएका छन्। घाईते हुनेमा मोटरसाईकल चालक बाराको निजगढ नगरपालिका-६ लिचिटोल बस्ने बर्ष ३१को रामबहादुर राय क्षेत्री र मोटरसाइकल पछाडी सवार सोही ठाउँका वर्ष ३१ का हरिकृष्ण अधिकारी छन्।
शनिबार दिउँसो साँढे २ बजे हेटौडा बाट ललितपुर तर्फ जाँदै गरेको बा ९० प ५५४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किन गई सडकबाट करिब ३० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ।
रायको बाँया हात र छाति तथा अधिकारीको निधार र बाँया आँखा मुनी चोट लागेको छ। दुबैजना घाईतेहरुको ठिंगन स्वास्थ्य चौकीमा सामान्य उपचारपछी थप उपचारका लागी हेटौंडा ल्याउन लागिएको प्रहरीले बताएको छ।दूर्घटनाग्रस्त मोटरसाइकल इप्रका ठिंगनमा रहेको छ।



