जेठ ८,हेटौंडा। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाविरुद्व मंगलबार जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको बताए।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ।तर नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमा गत वैशाख २५ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय