जेठ १४,हेटौंडा। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जनाए।
सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् ।नागरिकता किर्र्ते गरेको अमरोपमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरी जनकपुर लगेको थियो । यसअघि अदालतले उनलाई दुई पटक ३–३ दिनको म्याद थप गरीसकेको छ ।





