जेठ २३,जनकपुर। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ गते मात्र विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने प्रदेशसभामा जानकारी गराएका छन् ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण यादवले जेठ ३० गते सम्म विश्वासको मत लिनुपर्नेछ । सरकारमा सहभागी दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा एक महिनाभित्र पुनः विश्वासको मत लिनुपर्ने सवैंधानिक व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय