जेठ ३०,हेटौंडा।हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालयहरु दुई दिन बन्द हुने भएका छन्। अत्याधिक गर्मीले पठनपाठन प्रभावित भएपछि उपहमानगर भित्रका सबै सामुदायिक तथा संस्थागत,मन्टेश्वरी र प्रारम्भिक वाल विकाश केन्द्रहरुमा दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अत्याधिक गर्मीका कारण विद्यार्थी विरामी परेका तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय वन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध भईआएकाले वर्षे विदाबाट कट्टी हुनेगरी ३१ र ३२ गते विद्यालय बन्द रहने निर्णय गरिएको शिक्षा निर्देशक सीताराम कोईरालाद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख छ।केही दिनदेखि देशभर तापक्रम बढेपछी आम मानिसको दैनिक जीवन समेत असहज बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय