जेठ ३०,हेटौंडा ।नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई भ्रष्टाचारको गम्भीर आरोप लागेको छ। थापाबिरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको हो।
अख्तियारमा थापाविरुद्व कुल ५४ करोड ५० लाख ९ हजार रुपैयाँ अनियमितता गरेको उजुरी परेको छ।
भ्रष्टाचार बिरोधि संस्था `द डार्क फाईल´का सदस्य राजकुमार तिमल्सिनाले थापाले विभिन्न समयमा सार्वजनिक पदमा हुँदा पदिय दुरुपयोग गरि नीतिगत तथा अदृश्य लाभ ग्रहण गरि राज्यमाथी चरम अनियमितता गरेको भन्दै भ्रष्टाचार निवारण ऐन तथा सम्पती शुद्धीकरण ऐन बमोजिम छानबिन गरि कार्वाही गराई पाउँ भनी उजुरी दर्ता गराएका हुन्।
थापाले विभिन्न समयमा गरेका अनियमितताको प्रमाणस्वरुप अडियो,भिडियो र तत् समय प्रकाशित समाचारका कपिसमेत संलग्न गरि अख्तियारमा जाहेरी दर्ता गरेको तिमल्सिनाले दाबी गरेका छन्।

गगन थापा।
`लिखितम कागजमा उल्लेखित म निवेदकको जाहेरीमा विपक्षी गगनकुमार थापा नेपाली काँग्रेसका हालका महामन्त्रीसमेत रहेका व्यक्ती हुन्।निज गगनकुमार थापाले विभिन्न सार्वजनिक पद धारण गरेको समयमा पदिय दुरुपयोग गर्दै भ्रष्टाचारजन्य कार्य गरेका हुनसक्ने देखिन आएकाले तपसिलका विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान गरि भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण ऐन बमोजिम कार्वाही गराई पाउँ।´भनी तिमल्सिनाले २७ गते आईतवार अख्तियारमा जाहेरी दर्ता गराएका हुन्।
थापामाथि लगाईएका भ्रष्टाचारसम्बन्धि आरोपहरु यस्ता छन्:
१:२०७२ सालमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको एमबिबिएसमा नाम निकाल्न ७ देखि १२ लाखरुपैयाँ सम्म उठाएको घटना सार्वजनिक भएको।उक्त घटनाको साक्षी जाहेरवाला स्वयं भएको। जाहेरवालाको घरपरिवार भित्रै गगन थापाको सचिवालयले `गगन दाईको आदेश´ भन्दै १० लाख मागेको। हाल आवश्यक पर्दा जाहेरवालाको परिवार सबैजना बयान दिन तयार रहेको ।यस घटनामा ४९ जनाबाट १० लाखको दरले ४ करोड ९० लाख भ्रष्टाचार भएको देखिएको।
२.२०५४ सालमा स्ववियु सचीव हुँदा त्रिचन्द्र क्यामपसमा पार्क तथा बगैंचा निर्माणको क्रममा ३० लाख स्ववियुको रकम अनियमितता गरेको।
३.नुवाकोटको सुनखानिमा बाख्रापालन,मौरिपालन,कुखुरापालन र दक्षिणकालिमा कुरिलोखेतिको फर्म दर्ता गरि राज्यको गरिबी निवारण कोष तथा युवा स्वरोजगार कोषबाट सहुलियत कर्जा अनुदान करिब ५ करोड लिई अनियमितता गरेको।
४.स्वास्थ्यमन्त्री हुँदा आफू निकट व्यक्ति विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका प्रमुखमा राजकुमार रौनियारलाई नियुक्ति गरि विभिन्न पत्रकारका सेटिङहरु गर्दै व्यापक भ्रष्टाचार गरेको। निज गगनकुमार थापाले नियुक्ति गरेका भिसी राजकुमार रौनियार रंगेहात अख्तियारको कार्वाहीमा परेको प्रमाण अख्तियारमा सुरक्षीत रहेकाले सो समेत अध्ययन गर्नुपर्ने देखिएको।
५.एमाआरआई मेशिन खरिदमा डा.रौनियारले गगन थापाको मिलेमतोमा १२करोडको मेशिनलाई १८ करोडमा खरिद गर्न अनुमति दिई ६ करोड भ्रष्टाचार गरेको ।
६.क्यान्सर तथा मुटुरोग अस्पताल भवन निर्माण गर्न परामर्शदाता नियुक्तिमा ८ करोड अनियमितता गरेको।
७.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सामग्री खरिदमा गगन थापाको प्रेसरमा धरानकी ब्यापारी बेनु कोईरालाको अनेक नाम गरेका फर्मबाट तेब्बर मूल्यमा सामान खरिद गरि ७.२५करोड अनियमितता गरेको।
८.मातृशिशु भवन निर्माणमा २ अर्व १८ करोडको भवन निर्माण हुँदैगर्दा ठेकेदार मार्फत डा.रौनियार र गगन थापाले करीब २९ करोड अनियमितता गरेको ।
९.१४ करोडको टेण्डरमा फार्मेसी भवन निर्माणकार्य सम्पन्नपछि दश प्रतिशतका दरले हुन आउने कमिशन १ करोड ४० लाख अनियमितता गरेको।
१०.राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जेनेरेटर खरिदमा डा.संगीता भण्डारीसँग मिलेर ६५ लाख अनियमितता गरेको।
११.विपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा.रौनियारलाई नगदी भुक्तानी दिने क्रममा कमिशन बापत घुस रिसवत मागेपछि निजलाई अख्तियारले रंगेहात पक्राउ गरेको,र सो सम्बन्धमा विशेष अदालत तथा अख्तियारमा दिएको बयानको आधारमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा, उनको सचिवालय र कोर टिमको समेत संलग्नता रहेको।
१२.यी लगायत धेरै विषयमा गगन थापाले बार्गेनिङ गरि अदृश्य लाभ लिएका छन्।सो उपर समेत अध्ययन अनुसन्धान गरि भ्रष्टाचार निवारण ऐन २०५९ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम हालसम्म देखिएको करीब ५४ करोड ५० लाख ९ हजार रुपैयाँ राज्य कोषमा दाखिला गरि सम्पत्ति शुद्धीकरण बमोजिम समेत कार्वाही गरि पाउँ।



