असार ४,हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)मकवानपुरले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मातहतमा ल्याउने वागमती प्रदेश सरकारको निर्णयको बिरोध गरेको छ। रास्वपा सभापति भरत पराजुलीले सोमबार एक बिज्ञप्ती जारी गरि हेटौंडा अस्पतालको अस्तित्व नरहने गरि प्रतिष्ठानलाई जिम्मा लगाउने कुरा रास्वपालाई स्विकार्य नहुने बताएका हुन्।
हेटौंडा अस्पतालको जबर्जस्ति खारेज गरिएको अस्तित्व
जोगाउन रास्वपा कानुनी उपचारमा समेत लाग्ने बिज्ञप्तीमा जनाईएको छ।

रास्वपाले जारी गरेको बिज्ञप्ती।

उता नेपाली कांग्रेस मकवानपुरले पनि अस्पतालको चल अचल सम्पती प्रतिष्ठान मातहत जाने गरि कानुन बनाएकाले अस्पतालको अस्तित्व मेटिने भन्दै बिरोध जनाईसकेको छ।
साथै उसले सरकारी चल अचल सम्पती व्यक्ति सरह मानिने प्रतिष्ठानलाई किनबेचको हकसमेत दिएर हस्तान्तरण गरिनु गैरकानुनी भएको ठहर गरेको छ।अस्पतालको सम्पती यथावत नराखेमा कांग्रेस पनि अदालत सम्म जान बाध्य हुने सभापति बुद्ध लामाले बताईसकेका छन्।

कांग्रेसको बिरोधसभा।

प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालको रुपमा अघि बढाउन विभिन्न ऐन र नियमावली जारी गरि कार्यान्वयनमा गैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय