भदौ २७,हेटौंडा । वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले नेपाली माटोमा सुन फलाउन सकिने बताएका छन्। उनले नेपालमा अवसर नभएको भन्दै नेपालीहरुलाई विदेश पलायन गराउन राज्य नै घोषित अघोषितरुपमा लागिरहेको पनि बताए।
बिहीवार हेटौंडा-७ स्थित सि आशा फाउन्डेसन भवनको दोश्रो तल्ला उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताएका हुन्।सो अवसरमा उनले २० वर्षको कलिलो उमेरमा स्पेनबाट नेपाल आएर फरक क्षमता भएका बालबालिकाहरुको शिक्षादिक्षामा लागीपरेकी आएना बार्का न्यौपानेको प्रशंसा गरेका थिए।
उनले स्पेनजस्तो देशबाट नेपालमा संभावना देखेर हिम्मतका साथ काम गर्नु हाम्रा लागी सामाजिक र नैतिक शिक्षा नै भएको पनि चर्चा गरे।

बार्का कार्यक्रममा बोल्दै।
आएना हेटौंडा-७ स्थित हरियाली टोलमा संचालीत सि आशा फाउन्डेसन विशेष पाठाशाला तथा पुनर्स्थापना केन्द्रकी संस्थापक संचालक हुन्।
आएनाले २०६९ सालदेखी हरियाली टोलमा संस्था स्थापना गरेर बौद्धिक (सिपि,डाउन सिन्ड्रोम लगायतका समस्या भएका )अपांगता भएका बालबालिकाहरुलाई पढाईरहेकी छिन्।
पाठशालामा हाल ८० भन्दा बढी फरक क्षमताका बालबालिकाहरु अध्ययन गर्ने आएनाले जानकारी दिईन्।
कार्यक्रममा संचालक आएनाले सामन्य बालबालिका जस्तै फरक क्षमताका बालबालिकाहरु पनि बिद्यालय जान पाउनुपर्ने लागेर आफुले फाउन्डेसन स्थापना गरि बालबालिकाहरु पढाईरेको उल्लेख गरिन्।

हेटौंडास्थित सि आशा विशेष पाठाशाला भवन।



