मंसिर ३,निजगढ। बाराको निजगढ नगरपालिका-१३ कि १२ वर्षीया एक नाबालिकामाथी बलात्कार भएको छ।

घर नजिकैका ४१ वर्षिय एक पुरुषले ती नाबालिकालाई चकलेट दिने प्रलोभनमा पारी बाटो छेउको जंगलमा लगेर बलात्कार गरेको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

आरोपी पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सापकोटाले बताएका छन्।
सापकोटाका अनुसार नाबालिकाको निजगढ स्थित अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ। उनको अवस्था सामान्य रहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय