मंसिर ५,काठमाडौ। आज बुधबार सहकारी पीडितहरुले काठमाडौमा गरेको आन्दोलनमा प्रहरीले दमन गरेको छ।

चाबहिल, सोह्रखुट्टे, कालिमाटी, गठ्ठाघर र पुल्चोकमा जम्मा भई माइतिघर पुगेका निहत्था पीडितहरु माथी प्रहरीले दमन गरेको हो।

माइतिघरमा पीडितहरुको प्रदर्शनका क्रममा प्रहरी सँगको झडपमा टाउको फुटेर रगतपक्ष भएका एकजना पीडितलाई प्रहरीको पञ्जाबाट बचाउन गएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसीमाथी निर्घात कुटपिट भएको छ।

केसीले घाइते भएका व्यक्तिलाई अंगालो हालेर प्रहरीबाट जोगाउन खोजेका थिए । तर त्यहाँ नजिक भएका सबै प्रहरीहरुले केसीलाई त्यहाँबाट घिसारेर केही पर लगी घेरा हालेर डण्डा बर्साएका हुन् । उनलाई २०/२५ जना प्रहरीले घेरा हाली बिचमा पारेर एकैचोटी लाठी र बुट बर्साएका थिए ।

प्रहरीको हुलले एक्ला र निहत्था केसीमाथि निर्मम तरिकाले कुटपिट गरेको थियो। केसी अहिले ट्रमा सेन्टरमा उपचाररत छन् । उनलाई ट्रमा सेन्टरकाे रेड जाेनमा राखिएकाे छ ।

प्रहरीको निर्मम कुटाइबाट बेहोस भएका केसी पूर्ण रुपमा होसमा आइनसेकेको र बोल्न नसक्ने अवस्थामा रहेको बताईएको छ।
उनका साथी सुरेश जिसीका अनुसार केसीको अण्डकोषमा गम्भिर चोट लागेको छ ।

शरीरभरी प्रहरीले बर्साएको लाठी र बुटको डाम छ । प्रहरीको कुटाईको असर भित्री अंगमा समेत परेको हुनसक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय