मंसिर ६,निजगढ।कुशल व्यवशाय परामर्श तथा तालिम केन्द्र निजगढले यहाँका पशु पालक युवा किसानहरुलाई ग्रामीण पशु स्वास्थ्य तालिम दिईरहेको छ।

वागदेव दुग्ध उत्पादक सहकारी संस्थाको साझेदारी,इन इलम हेल्भेटास वीरगंजको सहयोग तथा निजगढ नगरपालिकाको समन्वयमा गत कार्तिक २१ गतेदेखी तालिम संचालन भैरहेको हो।
निजगढ-५ स्थित वागदेव दुग्ध सहकारी भवनमा तालिम संचालन भैरहेको छ।

सिटिईभिटीको पाठ्यक्रममा आधारित तालिम ३९० घण्टाको हुने आयोजक संस्थाका अध्यक्ष सरोज कोईरालाले बताएका छन्।
वागदेव दुग्ध उत्पादक संस्थामा आवद्ध २० जना युवा किसानहरुले तालिम लिईरहेका संस्थाका सचीव प्रकाश सापकोटाले जानकारी दिएका छन्।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले तालिमको उद्घाटन गरेका थिए। वागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा निजगढ- ६ का वडाध्यक्ष घनश्याम तिमल्सिना लगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय