पुस २७,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज शनिवार लुम्बिनी प्रदेशको दाङ र गण्डकी प्रदेशको म्याग्दी जिल्ला भेला सम्पन्न गरेको छ।
पार्टिका कार्यवाहक प्रवक्ता मनिष झा, सासंदहरु हरि ढकाल, विनिता कठायत, केन्द्रीय सदस्य मोहन थापा तथा गण्डकी प्रदेश सभापति राजन गौतम लगायतको उपस्थितिमा म्याग्दीको बेनिमा भेला सम्पन्न भएको हो।
त्यस्तै सासंद एवं प्रमुख सचेतक सन्तोष परियार, सोबिता गौतम र प्रशिक्षण बिभाग सचिव कमल सुवेदी लगायतको उपस्थितिमा दाङमा जिल्ला भेला सम्पन्न भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उक्त भेलाहरुमा विशाल जनसमुदायको सहभागिता रहेको उनले बताए। 
भेलाको अवसरमा दाङमा अन्य पार्टी परित्याग गरि ५ सय भन्दा बढी रास्वपा प्रवेश गरेका जनाईएको छ।



