फागुन१०,काठमाडौ।हेटौंडामा एकजना पुरुषको अचानक मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-१७ हटिया बस्ने ५५ वर्षिय ईन्द्रबहादुर राईको शनिवार दिउँसो बेहोस भएर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राई शनिवार विहान ११ बजे घरदेखी उत्तरतर्फ रहेको आफ्नै खेतबाट साईकलमा घरतर्फ फर्कने क्रममा अचानक चक्कर लागी लक्ष्मीपुर भन्ने ठाउँमा रहेको चौतारामा आराम गर्न लाग्दा सोहि स्थानमा बेहोस भई ढलेका थिए।

उनलाई आफन्तले देखी तत्काल उपचारका लागी हेटौंडा अस्पताल लगेका थिए।

उनको उपचारकै क्रममा पौने १ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय