साउन६,निजगढ। बाराको निजगढ-९ मा संचालित एक सुधार केन्द्रमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ।
निजगढ-१० लाल घर भएका ४५ वर्षिय विष्णु घिमिरेको मंगलवार बेहोस भएर मृत्यु भएको निजगढ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पिरु फाउण्डेसन पूनर्स्थापना केन्द्रमा राखिएका घिमिरे मंगलवार राती ८ बजेर २५ मिनेटको समयमा अचानक बेहोस भई भुइँमा लडेका थिए।
केन्द्रका कर्मचारीहरुले घिमिरेलाई तत्काल उपचारार्थ
सामुदायिक प्रसुती अस्पताल, निजगढमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागी वीरगंजस्थित मेडिसिटी वयोधा अस्पताल पुर्याएका थिए।
उनलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले राती १० बजेर १० मिनेट जाँदा मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घट्ना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।
सुधार केन्द्रका संचालक विकाश लामाका अनुसार घिमिरेलाई ४ दिन अघि मात्र आफ्नो केन्द्रमा ल्याईएको थियो।
निकै कमजोर अवस्थामा आफ्नो केन्द्रमा ल्याईएका घिमिरेको परिवारलाई आफुले उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताएको हामिसँगको कुराकानीमा बताए।
उनका अनुसार मादक पदार्थको लतमा फसेका घिमिरेलाई उनको परिवारले यसअघि पनि पटक पटक विभिन्न केन्द्रमा राखी सुधार गर्न खोजेका थिए।




