कार्तिक२९,निजगढ।लायन्स क्लब अफ निजगढ सिटि र सेवा-शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा शनिवार निजगढमा निशुल्क मधुमेह(चिनी रोग)परिक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ।

सहकारीको १५ औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाका शेयर सदस्यहरुका लागी शिविर आयोजना गरिएको हो।

साधारणसभामा उपस्थित सदस्यहरु मध्ये २५० जना भन्दा बढिले मधुमेह परिक्षण गराएका सिटीका प्रेसिडेन्ट पूर्णबहादुर खड्का(उमेश) ले जानकारी दिए।

उच्च मधुमेह देखिएका हरुलाई उचित स्वास्थ्य परामर्श प्रदान गरिएको सिटिका अनिष पोखरेलले बताए।

कार्यक्रममा खड्का र पोखरेलसहित सिटिका पदाधिकारीहरु नवीन खनाल,मुकुन्द विष्ट आदिले सहयोगी भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय