मंसिर१०,निजगढ।बाराको निजगढमा नि:शुल्क मुटु रोग परिक्षण शिविर बस्ने भएको छ।

पर्सि मंसिर १२ गते शुक्रवार निजगढ नगरपालिका-९ स्थित गौरीशंकर क्याम्पस प्राङ्गणमा विहान ७ बजेदेखी शिविर बस्न लागेको हो।

सामजिक संस्था “योगदान राष्ट्रका लागि”को आयोजना र नेशनल मेडिकल कलेज वीरगंजको प्राविधिक सहयोगमा शिविर बस्न लागेको कार्यक्रमका संयोजक रामहरी खरेलले जानकारी दिए।

उनका अनुसार शिविरमा ईसिजी,भिडियो एक्सरे लगायतका सेवा उपलब्ध हुने र मुटुसम्बन्धी जटिल शल्यक्रिया गर्न परे शिविरबाट सिफारिस भएका विरामीलाई पायक पर्ने अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था हुनेछ।

“सामान्य समस्याको शिविरमै उपचार र परामर्श हुन्छ,मेजर अप्रेशन नै गर्नुपर्ने अवस्थाको विरामी भए वीरगंज अथवा काठमाडौं विरामीलाई जहाँ पायक पर्छ त्यँही नि:शुल्क उपचार हुनेछ।”उनले भने।

“राष्ट्रका लागि योगदान”द्वारा गत तिहारमा खेलिएको देउसी-भैलोबाट संकलित केही रकम शिविरमा खर्च गरिने पनि उनले सुनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय