भदौ १६, हेटौंडा। मकवानपुरको हेटौँडामा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ।

​आज बिहान करिब ७:१० बजेको समयमा हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित राप्तीखोलामा मानिस बगेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले खोजी कार्य सुरु गरेको थियो।

​खोजतलासको क्रममा मनहरी गाउँपालिका वडा नम्बर ४ मसिने बस्ने अन्दाजी ७० वर्षका बलबहादुर रुम्बाको शव बिहान ७:४५ बजे बस्तीपुर पुलभन्दा ५०० मिटर तल राप्तीखोलाकोबीच भागमा काठ र ढुङ्गामा अल्झिएको अवस्थामा फेला परेको हो।

​घटनाको थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको थियो।

बिहान १०:०० बजे घटनास्थल मुचुल्काको काम सकिएपश्चात शव परीक्षण (पोस्टमार्टम) को लागी हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय