कार्तिक ६,सिंगौल।  आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाराको निजगढ नगरपालिका वडा नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सन्तोष राउतले वडाध्यक्ष पदमा आफ्नो दाबी पेस गरेका छन्।

राउतले रास्वपाको ‘क्यान्डिडेट क्लब’ मार्फत आधिकारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

​उम्मेदवारी दर्ता गराएसँगै राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना समर्थक र स्थानीयलाई सम्बोधन गर्दै औपचारिक रूपमा सामाजिक सेवाको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेका छन्।

​फेसबुक पोस्टमा उनले लेखेका छन्, “तपाईंहरुकै सुझाव अनुसार औपचारिक रूपमा सामाजिक सेवामा प्रवेश गरेको छु। संविधानप्रदत्त अधिकार र सामाजिक रूपान्तरणका निम्ति मेरो भूमिका हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ।”

​नेता जनताको अनुमोदनबाटै बन्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, “यही विश्वासका साथ मैले आफूलाई तपाईंहरूका सामु उभ्याएको छु। बाँकी अधिकार स्थानीय जनता, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक र नेतृत्वको हातमा छ।”

​राजनीतिक यात्रामा आउने सबै किसिमका प्रतिक्रियालाई सहज रूपमा लिने बताउँदै उनले थपेका छन्, “राजनीतिक जीवनकालमा ताली, गाली, सुझाव र सहकार्य—सबै स्वीकार्य छ।”

​यसअघि वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा राउत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए।

उक्त निर्वाचनमा पराजित भए पनि उनले सामाजिक तथा राजनीतिक सक्रियता निरन्तर कायम राख्दै आएका छन्।

यसपटक नयाँ राजनीतिक दल रास्वपामार्फत उनले पुनः स्थानीय नेतृत्वका लागि आफ्नो दावेदारी अघि सारेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय