३० भदौ,हेटौंडा । डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हेटौंडास्थित बागमती प्रदेश सभाको भवन अगाडि प्रदर्शन गरेका छन् । शनिबार प्रदेश सभा भवन अगाडि प्लेकार्डसहित उपस्थित भएका स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गरेका छन् ।
उनीहरुले डाक्टर कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले प्रदेश सभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।



