भदौ ३१, हेटौंडा । आज भाद्र शुक्ल द्वित्तिया तिथी अर्थात तीजको दर खाने दिन । भोलि तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर सम्म जागराम बसी दर खाने चलन छ ।
तीजको दिन महिलाहरु दिनैभरी ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा–मिठा परिकार खाने चलन बसेको हो । टाढा–टाढा रहेका चेलीबेटीहरु आज माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा मिठा परिकार खाने चलन धेरै अघिदेखि चलेको हो ।
तिजको समयमा पुरुषले दर बनाएर आफ्ना चेलीबेटी वा जीवनसंगीनीलाई खुवाउनुपर्छ भन्ने प्रचलन छ । नेपाली समाजमा दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ । धार्मिक ग्रन्थका अनुसार हिमालयकी पुत्री पार्वतीले शिव पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार महिलाहरुले तीजमा ब्रत बस्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय