भदौ ३१,हेटौंडा ।मकावनपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतिले पालिका सदैव प्रेस स्वतन्त्रता र सुशासनको पक्षमा रहेको बताएका छन्।अध्यक्ष कालाखेतिले आईतवार एक बिज्ञप्ति  जारी गर्दै पालिकाले स्वतन्त्र पत्रकारिताको विकाश र पक्षपोषणका लागी स्थानीय रेडियो र पत्रकारितालाई प्रश्रय पुग्नेगरी नीति तथा कार्यक्रममा पनि यथासम्भव सम्बोधन गर्दै आईरहेको बताएका हुन्।

“गाँउपालिकाले २०८० भदौ ३० गते शनिबार आयोजाना गरेको पत्रकार सम्मेलनमा केही स्थानीय नागरिकहरुको पनि उपस्तिथिलाई लिएर पत्रकारहरुलाई बन्धक बनाउन खोजियो भन्ने सन्देश प्रवाह भैरहेकोमा हाम्रो ध्यानाकृष्ट भएको छ।पत्रकार सम्मेलनको बिषयमा गाउँपालिकाको आधिकारिक पेजमा सूचना प्रकाशन गरिएकाले केही स्थानीयको पनि उपस्थिती भएको र वहाँहरुलाई पत्रकार सम्मेलनकै लागि भनेर निमन्त्रणा नगरिएको स्पष्ट पार्न चाहन्छौँ; । बिज्ञप्तिमा अगाडि भनिएको छ “पत्रकार सम्मेलन सौहार्दपूर्ण रुपमा सम्पन्न भएको जानकारी गराउँदै स्थानियको उपस्थिति र सामान्य विवादलाई लिएर पत्रकार साथिहरुलाई चोट पुग्न गएको भए गाँउपालिका दुख ब्यक्त गर्दछ;।

गाँउपालिकाले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बाहिरी मान्छे प्रवेश गराई पत्रकारहरु माथी दुर्व्यवहार भएको र असुरक्षित वातावरण बनाएको भन्दै पत्रकार महासंघ मकवानपुरले खेद प्रकट गरेको थियो।महासंघका अध्यक्ष मणिराज गौतमद्वारा हस्ताक्षरित बिज्ञप्तिमा गाउँपालिकाले पत्रकारहरुलाई सुरक्षा दिन नसक्नु गैरजिम्मेवारीपन भन्दै गाउँपालिकालाई पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रतिबद्धता जनाउन माग गरेको थियो।

पत्रकार महासंघलाई ध्यानाकर्षण गराउँदै मनहरी गाउँपालिकाले जारी गरेको बिज्ञप्ति

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय