असोज ३,हेटौंडा । कमल थापा नेतृत्वको राप्रपा नेपालले हेटौंडामा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“को पुत्ला दहन गरेको छ । राप्रपा नेपालका कार्यकर्ताहरुले बुधबार साँझ कान्तिराजपथको बिच सडकमै प्रधानमन्त्री दाहालको पुत्ला दहन गर्दै नाराबाजी गरेका हुन्। सरकारले नेपालमा गणतान्त्रिक संविधान जारी भएको आठौँ वर्षगाँठ मनाईरहँदा राप्रपा नेपालले भने “गणतन्त्र धोका हो,राजतन्त्र जिन्दाबाद “ जस्ता सरकारबिरोधी नाराबाजी गरि प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।

बिचसडकमा प्रधानमन्त्रीको पुत्ला दहन गरी बालिएको आगो प्रहरीले केहिबेरमा आएर निभाएको थियो ।
राप्रपा नेपालले “गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउनु तथा राँके जुलुशको प्रर्दशन गर्नु; भनी मंगलबारनै जिल्ला कमिटी तथा भातृसंगठनलाई आह्वान गरेको थियो ।



