असोज ३,हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा–१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन रहेका छन् । पाख्रिनलाई आज दिउँसो हेटौंडा–९ सिमेन्ट रोडबाट नियन्त्रणमा लिइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केहि युवाको समूहले दुई डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।
डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरा रोहीत, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई प्रहरीले पक्राउ गरीसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय